आजबाट बेलायती प्रधानमन्त्री थेरेसा मे बाहिरिने - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

आजबाट बेलायती प्रधानमन्त्री थेरेसा मे बाहिरिने



लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले आजबाट कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदैछिन्। तर, उनी कामचलाउका रूपमा भने अर्को  प्रधानमन्त्री नहुन्जेलसम्म कायम रहनेछिन्।

मेले दुई साताअघि नै पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन्। उनले आफूले युरोपेली सङ्घ (इयु)बाट बेलायत बाहिरिने प्रक्रिया ब्रेक्जिटलाई टुङ्गोमा पुऱ्याउन नसकेकोमा खेदसमेत व्यक्त गरेकी थिइन्। ११ जना कन्जरभेटिभ सांसदहरु उनलाई हटाएर आफू प्रधानमन्त्री बन्न इच्छुक देखिएका छन्।

छनोट प्रक्रिया आउँदो सोमबार १० बजेबाट सुरु भएर बेलुका ५ बजेसम्म रहनेछ। मे प्रतिस्पर्धा चलुन्जेल कामचलाउ अवस्थामा काम गर्नेछन्। बेलायतले मार्च २९ मा युरोपेली सङ्घ (इयु)बाट बाहिरिनुपर्नेमा त्यो प्रक्रिया १२ अप्रिलसम्म सरेको थियो। पछि ३१ अक्टोबरसम्म सरेकोमा बाहिरिने प्रक्रियाका बारेमा सांसदहरूको समर्थन लिन प्रधानमन्त्री मे असफल भएकी थिइन्।

त्यही भएर उनले राजीनामाको घोषणा गरेकी हुन्। नयाँ नेता छनोटको प्रक्रिया २२ जुलाईमा मात्रै टुङ्गो लाग्ने जनाइएको छ।

(बीबीसी)