विवेकशीलका अध्यक्ष उज्वल थापाद्वारा राजीनामाको घोषणा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

विवेकशीलका अध्यक्ष उज्वल थापाद्वारा राजीनामाको घोषणा



काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्ष उज्वल थापाले राजीनामा दिने भएका छन् । नेतृत्व नयाँ पिंढीलाई सुम्पने भन्दै उनले राजीनामाको तयारी गरेका हुन् ।

मंगलवार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्न लागेको जनाएका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, ‘विगत ८ वर्ष अगाडि शुरू भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेको छु ।’

आगामी दिनमा आफू देशमा व्याप्त लुटतन्त्रको विरुद्धमा नै काम गर्ने प्रतिवद्धता जनाउँदै उनले उदार लोकतन्त्रवादीहरुलाई विवेकशीलले देखाईरहेको “मध्यममार्गी” दिशामा नै रहने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘आगामी दिनमा मेरो योगदान देशमा व्याप्त लूटतन्त्र बिरुद्ध सबै उदार लोकतन्त्रवादीहरुलाई विवेकशीलले देखाईरहेको “मध्यममार्गी” दिशामा ऐकबद्ध रुपमा खडा गर्नमा पनि रहनेछ।’

विगत ८ वर्ष अगाडि उनकै नेतृत्वमा विवेकशील नेपाली अभियान शुरूआत भएको थियो ।