वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही



काठमाडाैं । वातावरण विभाग, कुपण्डोलले वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ । उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो ।

आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, श्री हारती एग्रिगेट इन्डष्ट्रिज प्रालि शुक्ला गण्डकी नगरपालिका–२ (तनहुँ) र श्री विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र (काठमाडौँ) गरी पाँच वटालाई कारवाही गरेको जानकारी दिएको छ ।

प्रदेशगत रुपमा प्रदेश नं १ मा १२, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा ११, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा २० र प्रदेश नं ७ मा एक गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको अनुगमन भएको जानकारी विभागले दिएको छ ।

आव २०७२/७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारवाहीको ७५ प्रतिशत) कारवाहीमा परेका थिए भने आव २०७३÷७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारवाहीमा परेका छन् । रासस