रुपन्देही २ का निर्वाचन अधिकृत भागे, गठबन्धनले उठायो गम्भीर प्रश्न - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

रुपन्देही २ का निर्वाचन अधिकृत भागे, गठबन्धनले उठायो गम्भीर प्रश्न



काठमाडौं- रुपन्देही २ का निर्वाचत अधिकृतमाथि सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले गम्भीर आरोप लगाउँदै निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका छन् ।

कांग्रेसका प्रशुराम ढकाल, माओवादीक गोविन्द केसीलगायतका राजनीतिक दलका नेताहरुले निर्णय सच्याउन आग्रह गरेका छन् । यस्तै युवाहरूले निर्वाचन कार्यलयमा नाराबाजी गरिरहेका छन् ।

अहिले पूर्वाग्रही रूपमा अधिकृतले उम्मेदवारी खारेज गरेको भन्दै उनको चर्को आलोचना भैरहेको छ भने एमाले उम्मेदवार विष्णु पौडेलले इसारामा अन्य उम्मेदवारलाई पाखा लगाउने काम भएको भन्दै सामाजिक सञ्जाल रङ्गिएको छ ।

“निर्वाचन आयोग कुनै संसदीय सुनुवाई समिति पनि होइन । जसबाट मुद्दा हालियो त्यो मुद्दा उच्च अदालतमा विचाराधीन रहेको बारे अदालतले पत्रसहित निर्वाचन आयोगलाई पठाएको पाइयो । निर्वाचन आयोग कतै राजनीतिक पूर्वाग्रही त होइन शंका लागेको छ । किनकि तपाईँ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएको हुँदा तपाईँले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्ने विषयमा हामी दलहरु विश्वस्त छैनौँ,” निवेदनमा भनिएको छ, “यदि तपाईँ निर्णय सच्याउने गर्नुभएन भने हामीले तपाईँले गर्ने क्रियाकलाप निगरानी गरेका छौँ भोलि हुने दुर्घटना पनि तपाइँकै जिम्मेवार हुनु हुनेछ । तसर्थ निर्णय सच्याउन र कार्यतालिका परिवर्तन गर्न पूर्ण आह्वान गर्दछौँ ।”

उक्त निर्वाचन क्षेत्रमा उदवीर नेपाली निर्वाचन अधिकृत रहेका छन् । उनी राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको सचिवालयमा कार्यरत रहेको पाइएको छ ।