उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा एमाले , उपमेयरमा कांग्रेस विजयी
उदयपुर, असार २३ ।
त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी र उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी भएका छन् ।
बलदेव चौधरीले ११ हजार ३ सय ६८ मत प्राप्त गरे छ भने उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गरे ।
त्यस्तै उपमेयरमा देवी चौधरीले ११ हजार ३ सय २२ मत प्राप्त गरि विजयी हुँदा उनकी प्रतिस्पर्धी गिता देवी रेग्मीले ११ हजार २ सय ७९ मत प्राप्त गरिन ।