यूएईमा थप दुई नेपाली कोरोना संक्रमित - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यूएईमा थप दुई नेपाली कोरोना संक्रमित



काठमाडौं- यूएईमा थप दुई नेपालीमा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कका दुई जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४०५ पुगेको छ ।

यसअघि कोरोना संक्रमित दुई जना नेपाली उपचारपछि निको भएका थिए । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तंथ्याक अनुसार दुई जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य लाभ हुनेमा भारत र पाकिस्तानका एक–एक जना पनि छन् ।

शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित श्रींलका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विेडन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक रहेको यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।