दुबईमा काम गर्ने नेपालीको लागी खुसीको खबर ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

दुबईमा काम गर्ने नेपालीको लागी खुसीको खबर !



युएई: संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने युवालाई चारित्रिक प्रमाणपत्र चाहिने नियमलाई स्थगित गरेको छ ।

यही फेब्रुअरी ४ देखि विदेशी कामदारका लागि लागू गरिएको नियम हाललाई स्थगित गरिएको जानकारी युएईको मानवीय संशाधन मन्त्रालयले आइतवार जानकारी दिएको छ ।

गल्फ न्युजका अनुसार युएईको यो घोषणासँगै रोजगारीका लागि त्यहाँ पुग्ने नेपाली युवाहरुमाथिको अथ ४५ सय आर्थिक भारबाट राहत मिलेको छ ।

युएई सरकारले फेब्रुअरी ४ देखि लागू हुने गरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनुपर्ने नियम लागु गरेको थियो । खलिजा टाइम्सका अनुसार रोजगारीका लागि जाने नेपालसहित अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको थियो ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेको युएईमा अब त्यहाँ जान चाहने नेपालीरूले चारित्रिक प्रमाणपत्र अनिवार्य बनाउनुपर्ने र त्यस्तो प्रमाणपत्र प्रहरी प्रधान कार्यालय नक्सालबाट बनाउन सक्ने छन् ।

यसअघि युएईले नेपालसहित सात देशका नागरिकका लागि चारित्रिक प्रमाणपत्र अनिवार्य लागू गरेको थियो । तर युएईको अध्यागमन विभागले केही साताअघि नेपालीबाहेक अन्य ७ मुलुकका नागरिकाका लागि प्रहरी रिपोर्ट अनिवार्य गर्ने नियम हटाएको थियो ।

भारत, श्रीलंका, इन्डोनेसिया, इजिप्ट, सेनेगल, नाइजेरिया र ट्युनिसियाका कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य नगरिएको अवस्थामा अप्रिल १ बाट नेपालीलाई पनि चारित्रिक प्रमाणपत्र नचाहिने भएको हव ।

युएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाउँदा ४ हजार ५ सय तिर्नुपर्थ्यो । अब यो अतिरिक्त शुल्क तिर्नुनपर्ने भएको छ । प्रहरी रिपोर्टलाई सम्बन्धित देशको राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था थियो । नेपालमा तीनवटा निजी ट्राभल कम्पनीलाई यसको जिम्मा दिइएको छ ।