युएईमा एक नेपालीद्वारा आत्महत्या - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

युएईमा एक नेपालीद्वारा आत्महत्या



युएई,।रोजगारीका लागी युएई आएका एक नेपालीले आत्महत्या गरेका छन् ।

झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आइतबार राति आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत उनका सहकर्मी साथिले जानकारी दिएका छन।

दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कर्यरत ढकाल पछिल्लो पटक छुट्टीमा नेपाल गएर युएई आएको १५ महिना भएको थियो ।उनले जागिरप्रति असन्तुष्ट रहेको बताउदै आएका थिए।

काम गार्‍हो र भनेजस्तो तलब नपाएका कारण मानसिक तनावमा रहेका ढकालले आत्महत्या के कारणले गरेका हुन भन्ने एकिन तथ्य खुलेको छैन।

ढकालको शव पोस्टमार्टमका लागि प्रहरीले लगेको छ भने आवश्यक प्रक्रिया पूरा गरि दसैं पछी शव नेपाल पठाइने दूतावास स्रोतले जानकारी दिएको छ।