यूएई जानेलाई पुलिस रिपोर्ट नचाहिने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

यूएई जानेलाई पुलिस रिपोर्ट नचाहिने



काठमाडौं – नेपालको लगातार अनुरोध र पहलपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट अनिवार्य नगर्ने भएको छ ।

यूएईको विदेश मन्त्रालयले आइतबारदेखि नै लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

यस निर्णयको विषयमा त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।