उ, उनी र रिचार्ज कार्ड
-सुमन सापकाेटा”याैटा अपवाद”
तेसै त अल्छी तेई माथि किताबी काेर्स ! उफ् कसरी टाइम पास गर्ने । साेचेँ “याैटा कथा लेख्छु” “अनि पात्र?” दिमागले प्रश्न गर्याे मन अलमल्लमा पर्याे मानाै उसलाई संसार कै कठिन प्रश्न साेधिदै छ ।
उत्तरकाे खाेजिमा भाैतारिरहेकाे मन याैटा पात्रलाई टुप्लुक्क फेला पार्याे —`राेनिका’ वास्तविक नाम सीमा भए पनि माेर्डन जमनामा माेर्डन नामबाटै चिनिन खाेज्थि र त सामाजिक-सञ्जालका प्रत्येक भित्तामा राेनिका नामले प्रसिद्ध थिई ऊ ।
घर बसाई सिन्धुपाल्चाेककाे विकट ठाउँमा भए पनि लिभ्ज् एट् काठमान्डू लेख्थि बायाेमा!! “काठमाडौँ कि राेनिका..बाह क्या दामी केटी पट्टिई ..” दर्जनाैँ; केटाहरू मख्ख परिदिन्थे फेसबुककाे म्यासेज खाेलिरहँदा ।
“हाई डियर्”
“हाई सुईटि” प्राय यस्ता म्यासेजले भाेरिरहेकाे हुन्थ्याे उनका म्यासेजका बक्सहरू प्रतिउत्तरमा “हाई माई हट् मिसिङ् यु साे मच्”
“के गर्दै छाै?” भन्ने प्रश्नमा
“तिमीलाई नै मिस गर्दै बसिरा’छु” भन्थि.. दर्जनौंकाे म्यासेजमा राेनिकाकाे यस्तै म्यासेज कपि पेस्ट हुने गर्थ्याे ।
राेनिकाकाे यस्तै रिप्लाईले पनि कयाैँले साथीभाई आफन्तका म्यासेजलाइ लात हानेका थिए..कयाैँका स्टाटसहरू मायाप्रेमले भरिभराउ हुन्थे मानाै उनीहरू संसारकाे अमूल्य वस्तु प्राप्त गरिसके..।
राेनिका पनि मख्ख थिई..हरेक टाइम अनलाइन..घण्टाै च्याट ,घरकाे काम बुढी आमाले गर्थिन् र उ प्राय “आई लभ् माई मम्” भनेर स्टाटस टाँसिरहन्थि । कबर पिक्चर पनि अामासँगैकाे थियाे, अनलाइनमा उ यति बस्थि ..लाग्थ्याे उस्काे घर नै फेसबुक हाे र जभ् बनेकै च्याट गर्नु हाे । रिचार्ज खर्च म्यासेजबाटै अाईनै रहन्थ्याे ..नयाँ नयाँ केटाहरूले नयाँ नयाँ रिजार्ज पिन पठाइदि नै रहन्थे । थाहा थिएन उनीहरूलाई राेनिकाका मायालु कुराले तान्थ्याे अथवा उमेरकाे बहावले.. ।
दर्जनाै मध्येकाे याैटा थियाे -उ अर्थात् मेराे साथी । जाे प्राय मसँग; सय रूपिया मागि नै रहन्थ्याे ..कारण पछि थाहा पाएँ । “खाजा खाम्न यार् आज गतिलाे” भन्दा पनि पर सर्ने उ , राेनिकाका निम्ति रिचार्जकार्ड किन्न भने कैले कन्जुसाई गरेन..पठाई नै रह्याे पठाई नै रह्याे ।
मस्त च्याटमा रमाउथ्याे आनन्दले ।
दिनहरू फेरिदै गए उनीहरू नजिकदै गए::घण्टाै कुरा; कुनै नाैलाे थिएन उनीहरूका निम्ति… राेनिकाकाे नाममा हरियाे बत्ती बल्दा मात्रै पनि जराक्जुरूक् उठेर ऐना अघि उभ्याउथ्याे आफूलाई र कपाल मुसार्दै फिस्स दाँत देखाएर बस्थ्याे पूर्ववत् अासनमा र घण्टाै गफिन्थ्याे उनीसँग ।
कैलेकाँही संवादका यस्ता वाक्य पनि सुनाउथ्याे मलाई .. “तिमीलाई आँखामा सजाए प्रिये..अाँखाकाे नानी हाै मेराे” ।
“मैले त धड्कन बनाए तिमीलाई ..जसबिना मान्छे बाँच्ने सम्भवना रहँदैन” उनकाे प्रत्युत्तर सुनाउथ्याे
“किन राम्री भ’कि यति धेरै”
“रूपले राम्राे नबनाए पनि तिम्रा आँखाले राम्राे बनाईदियाे मलाई”
“कति ट्यालेन्ट छाै है बाेल्न”
“झन् ट्यालेन्ट देखिन्छु सायद तिम्राे सामु उभिदा पनि”
पानकाे पातसितकाे ईमाे सँगैका उस्का उत्तरहरू कैलेकाँही देखाउथ्याे मलाई पनि । फुरूङ् हँसिलाे उस्काे मुहार देखेर म पनि दङ्ग पर्थेँ ।
“म तिमीबिना मर्छु ” प्राय राेनिका यस्तै सुनाउदि रहिछ..र त झन् कन्जुसाई नगरी रिचार्ज पिन पठाई नै रहन्थ्याे!
सुन्दर घर र सुरक्षित भविष्यकाे कल्पना नगरेका हाेईनन् दुवै जनाले..थाहा थिएन याे कल्पना उसले कति जनासँग गरेकी थिई तर मेराे साथी केवल उनीसँगमात्र गरेकाे थियाे ।
समय बित्दै गयाे उस्काे खर्च बढ्दाे थियाे र चाहेर पनि उसलाई ब्यालेन्स पठाईदिन असमर्थ नै बनिरह्याे..नजिकिएकाे सम्बन्ध बिस्तारै टाढिदै गयाे ।
नटाडियाेस् पनि किन ..उनलाई रिजार्ज पठाईदिने अर्कै जाे भेटिएकाे थियाे । अचानक ऊ ब्लक लिस्टमा परेछ । जुन घटना उस्का निम्ति कल्पना बाहिरकाे थियाे । साँच्चै छाँगाबाट खसेकाे घाईतेकाेे भन्दा कम थिएन उस्काे हालत ।
कैले तथ्य नखाेल्ने उ आज सप्पै कुरा भनिरहेकाे थियाे । बाेनसमा अनवरत बगिरहेका आँसुहरू म पुछिदिरहेकाे थिएँ । आँसु बगाउदै उसले यस्ताे पनि सुनायाे “यार् त्यस्ले त के जति परियार केटाकाे भुडी बाेकेकाे थाहा’ पाएर घरकाले अन्तै बिहे गर्दिएछन्……आई हेट् हर् यार्”
मलिन भैसकेकाे थिएँ म पनि र नचाहदा नचाहदै मुखबाट फुत्त प्रश्न निस्किएछ- “खै के रहिछ त आखिर प्रेम भन्ने कुरा पनि?” तप्प तप्प आँसुका दाना खसाल्दै खाली आकाशमा हेर्दै उसले भन्याे “खै हाेला यार् कुनै बहमूल्य वस्तु, जुन् गरिबकाे नसिबमा नहँदाे रहेछ..” आँखा रसाए मेरा पनि..तर खसाल्नु थिएन आँसु किनकि; उस्कै आँसु पुछिदिन जाे उभिएकाे थिए त्यहाँ ।
आँसु बगिरहेका उस्का थिए तर त्यहाँ आँसु हाेईन याैटा निस्स्वार्थ प्रेम बगिरहेकाे थियाे सदाका लागि..याैटा गहिराे विश्वास बगिरहेकाे थियाे ..याैटा घात र पश्चताप बगिरहेकाे थियाे त्यहाँ । तर म केवल आँसु पुछिदिन मात्र समर्थन रहेँ ।