डडेल्धुरा ट्याक्टर दुर्घटना : एक युवकको मृत्यु - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

डडेल्धुरा ट्याक्टर दुर्घटना : एक युवकको मृत्यु



डडेल्धुरा । बुधबार साँझ डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका – ५ खलंगा स्थित खानेपानी ट्ङ्याकी नजिकै से २ त १०४५ नम्बरको ट्याक्टर दुर्घटना हुदा भागेश्वर गाउँपालिका–४ रतनी घर भएका अन्दाजी २८ वर्षीय सुरेश विष्ट (समीर) को मृत्यु भएको हो ।

ट्याक्टर पल्टिएर सडकवाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ट्याक्टर दुर्घटनामा परी गम्भिर घाईते भएका विष्टको डडेल्धुरामा उपचार हुन नसकेपछि उपचारका लागि बाहिर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।