अब भेरिफाइड ट्वीटर एकाउन्टहरूले मासिक पैसा तिर्नुपर्ने - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

अब भेरिफाइड ट्वीटर एकाउन्टहरूले मासिक पैसा तिर्नुपर्ने



अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेसँगै उनले भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेको छ।

यसको लागि प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुन्छ। यसअघि नै भेरिफाइड एकाउन्ट भएका प्रयोगकर्तालाई पनि आफ्नो भेरिफिकेसन नगुमाउन ९० दिनको समय दिइनेछ।

यो समयमा उनीहरुले सस्क्राइब गरेर पैसा नतिरे उनीहरुले भेरिफाइड स्टाटस खोसिनेछ।

द भर्जकाअनुसार मस्कले कर्मचारीहरुलाई भेरिफाइड एकाउन्टको अन्य फिचर्सहरुका लागि थप ४.९९ डलर मासिक बुझाउनुपर्ने नियम ल्याउन निर्देशन दिएका छन्।

मस्कले यो प्रोजेक्टमा काम गरिरहेका कर्मचारीलाई नोभेम्बर ७ भित्र यो योजना ल्याउन निर्देशन दिएका छन्। अन्यथा यसमा काम गर्ने कर्मचारीलाई कामबाट निकालिने उनले चेतावनी दिएका छन्।

यो योजनाबाट ट्वीटरका प्रवक्ताले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।