ट्वीटरका साढे तीन हजार कर्मचारीको बिचल्ली - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ट्वीटरका साढे तीन हजार कर्मचारीको बिचल्ली



काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएको छ। कम्पनीले शुक्रवार ५० प्रतिशत कर्मचारी कटौती गरेको एएफपीले जनाएको हो ।

मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।

‘ट्वीटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दुखी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्वीटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले भने।

यसअघि ट्वीटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

मस्कले गत अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए। उनले अव ट्वीटरमा व्लु टिक प्राप्त प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने घोषणा गरेका छन्।