अब ट्वीटरमा कन्टेन्ट कन्टेन्ट क्रिएटरले पैसा पाउने, यस्ता छन् अन्य सुविधा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

अब ट्वीटरमा कन्टेन्ट कन्टेन्ट क्रिएटरले पैसा पाउने, यस्ता छन् अन्य सुविधा



काठमाण्डौ- विश्वकै धनाढ्य एलन मस्कले ट्विटर किनेपछि अनेक खालका समाचार बाहिर आएका छन् । मस्कले स्वामित्व लिएपछि एकपछि अर्को ठूलो निर्णय पनि लिइरहेका छन्।

यसैबीच आएका केही समाचारमा ट्विटरमा भेरिफाइड अकाउन्टहरूले पैसा तिर्नुपर्ने छ । त्यस्ता अकाउन्टहरुका लागि मस्कले शुल्क तोकेका छन्।

मस्कले एकपछि अर्को ट्विट गर्दै यो जानकारी दिएका थिए।यो शुल्क लिने घोषणपछि धेरैले ट्वीटर छोडेको पनि बताइएको छ ।

तर शुल्क तिनीहरूले पाउने सुविधाबारे कतै चर्चा भने भएको देखिन्न । मस्कले अब प्रयोगकर्ताहरुले ब्लु टिकका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्ने, उक्त शुल्क देशअनुसार फरक पनि पनि हुनसक्ने बताएका छन् । त्यससँगै उनले शुल्क तिनीहरूले अन्य सुविधाहरू पाउने पनि बताएका छन् ।

ब्लु सब्सक्रिप्सनअन्तर्गत जनताले के–के सुविधा पाउँछन् भन्ने पनि मस्कले खुलाएका छन्। उनले बताए अनुसार अब ट्वीटरमा कन्टेन्ट क्रीयतरहरूले पैसा पाउनेछन् ।

मस्कका अनुसार ट्विटर ब्लु सब्सक्रिप्सनका कारण ट्विटरको राजस्व बढ्नेछ र कन्टेन्ट क्रिएटरले पनि पुरस्कार पाउनेछन्।

त्यस्तै रिप्लाई, मेन्सन र सर्चलाई प्राथमिकता दिइनेछ। मस्कका अनुसार यी सुविधाका कारण स्प्याम र स्क्यामलाई रोक लगाइनेछ।

ट्विटर ब्लु सदस्यताअन्तर्गत प्रयोगकर्ताले अब लामो भिडियो र अडियो पोस्ट गर्न सक्नेछन्। सामान्य प्रयोगकर्ताको तुलनामा ट्विटर ब्लुका ग्राहकले आधा विज्ञापनहरु हेर्न पाउनेछन्।

मस्कले यो पनि भनेका छन् कि यदि पब्लिसरहरुले ट्विटरसँग सम्झौता गरे भने ट्विटर ब्लु ग्राहकहरुले सशुल्क लेखहरु पनि निःशुल्क पढ्न सक्छन्।