तुम्वाहाङ्फे बनिन कानुनमन्त्री - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

तुम्वाहाङ्फे बनिन कानुनमन्त्री



काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ ।

उनलाई आजै कानुनमन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको स्रोतले जानकारी दियो ।

यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गर्न लागिएको हो ।