उपसभामुखद्वारा राजीनामा अस्विकार: पार्टी नेतृत्व समस्यामा - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

उपसभामुखद्वारा राजीनामा अस्विकार: पार्टी नेतृत्व समस्यामा



काठमाडौ- उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन अस्विकार गरेकी छन् । नेकपा स्रोतका अनुसार उनलाई पार्टी नेतृत्वले राजिनामा गर्न मन्त्री बन्न आग्रह गरेका थिए ।

तुम्बाहाङ्फेलाई राजिनामा गराएर सभामुखको बाटो खुल्ला गर्ने र उनलाई मन्त्री बनाउने भन्ने तरारीका बीच तुम्बाहाङ्फेले राजिनामा गर्न अस्विकार गरेपछि मन्त्रीमण्डलबारे निर्णय गर्न समेत अफ्ट्यारो परेकोले केहि समय लम्बिएको स्रोतको दाबी छ ।

तुम्बाहाङ्फेले यसअघिदेखि नै मन्त्रीका लागि उपसभामुख नछाड्ने बताउँदै आएकी छिन्। सभामुख कृष्णबहादुर महरा यौन दुराचारको अभियोगमा परी पद त्याग्न बाध्य भएपछि उपसभामुख डा. तुम्बाहाङ्फे कार्यबाहक सभामुख भएकी छिन्।