मंगलबारदेखि त्रिविका अनलाइन कक्षा सञ्चालन - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मंगलबारदेखि त्रिविका अनलाइन कक्षा सञ्चालन



काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले मंगलबार (माघ ११ गते) देखि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

त्यसका लागि सबै क्याम्पस तथा विभागले आज (सोमबार) सम्म अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्ने त्रिविले जनाएको छ।

क्याम्पसहरुले बनाएका रूटिन डिन कार्यालयमा पठाउनु पर्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आइतबार सूचना जारी गर्दै माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी दिएका हुन्।

साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले क्याम्पसहरुलाई निर्देशन दिएको छ।

कोरोना संक्रमण तीव्र बनेपनि त्रिविले सबै परीक्षाहरू भने स्थगित गरेको छ।