डोनाल्ड ट्रम्पले गरे हालसम्मकै महत्वुर्ण खुलासा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

डोनाल्ड ट्रम्पले गरे हालसम्मकै महत्वुर्ण खुलासा



वासिङटन । चुपचाप रहेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो खुलासा गरेका छन् । उनले आफ्नो भावी योजनाबारे अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण खुलासा गरेका हुन् ।

उनले आफूले फेरि राष्ट्रपतिको लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । ट्रम्पले आइओबामा आफ्ना समर्थकहरूको भिडलाई आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिय चुनाव लड्ने बताएका छन् ।

आगामी साता हुने मद्यावधि चुनावका लागि रिपब्लिकन उमेदवारहरूको प्रचारप्रसार अभियानको क्रममा पाँच दिनमा आयोजना हुने चारवटा र्‍यालीको पहिलो दिन उनले आफ्नो योजनाबारे यस्तो अभिव्यक्ति दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि मत माग्दै पूरै अमेरिकाको यात्रामा छन् । तर आगामी मंगलबार हुने चुनावको मतपत्रमा ट्रम्प र बाइडेन दुवै छैनन् ।

अमेरिकी मतदाताहरूले अमेरिकी कंग्रेसमा र प्रमुख राज्य गभर्नरहरूमा शक्ति सन्तुलनको निर्णयका लागि मतदान गर्दैछन् । तर यस मद्यावधि चुनावले दुई वर्षको अवधिमा हुने राष्ट्रपतीय चुनाव अघि नै अमेरिकी राजनीतिक परिदृश्य तय गर्ने छ ।

बिहीबार राति रिपब्लिकन ट्रम्पले पुन: एकपटक व्यापक चुनावी धाँधलीका कारण आफूले सन् २०२० को निर्वाचनमा पराजय भोग्नुपरेको दाबी गरेका छन् ।

ट्रम्पले भनेका छन्, “मैले दुईचोटि चुनाव लडेँ । दुवै पटक मैले जितेँ । पहिलो भन्दा दोस्रो प्रतिस्पर्धामा मैले राम्रो गरेँ ।

सन् २०१६ को तुलनामा मैले २०२० मा लाखौँ बढी मत हासिल गरेँ । त्यसैगरी अमेरिकी इतिहासमै कार्यकालमा रहेका अन्य कुनै पनि राष्ट्रपतिले भन्दा बढी मत हासिल गरेँ ।

अब हाम्रो मुलुकलाई सफल, सुरक्षित र प्रतिष्ठित बनाउनका लागि मैले पुन: चुनाव लड्ने बढी भन्दा बढी सम्भावना रहेको छ ।”