परराष्ट्रमन्त्री ज्ञवाली र डोनाल्ड ट्रम्पको भेटवार्ता - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

परराष्ट्रमन्त्री ज्ञवाली र डोनाल्ड ट्रम्पको भेटवार्ता



काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भाग लिन अमेरिका पुगेका प्रतिनिधिहरुका लागि आयोजित रात्रिभोजका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्ता गरेका हुन् ।

उक्त संक्षिप्त भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले नेपालबारे जिज्ञासा राखेका थिए । केहीबेर भएको कुराकानीमा आपसी सहयोग र सहकार्यबारे छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् ।

महासभामा सहभागी हुन १९० देशका प्रतिनिधि अमेरिका पुगेका छन् । उनीहरुका लागि न्यूयोर्कको लोट्टे प्यालेसमा रात्रिभोजको आयोजना गरिएको थियो । महासभामा भाग लिन ५ असाेजमा अमेरिका प्रस्थान गरेका मन्त्री ज्ञवालीले शुक्रबार नेपालका तर्फबाट सम्बाेधन गर्ने कार्यक्रम छ ।