फस्दै ट्रम्प: दुई मिलियन डलर हिनामिना गरेको ठहर - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

फस्दै ट्रम्प: दुई मिलियन डलर हिनामिना गरेको ठहर



काठमाडौं । अमेरिकाको एउटा अदालताले राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गरेको छ ।

सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त रकम गैरकानुनी भएको भन्दै ट्रम्प आफैंले भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको छ ।

ट्रम्पले आफ्ना छोराहरुको नाममा सञ्चालन गरेको सामाजिक संस्थाबाट आफ्नो चुनावी अभियानका लागि रकम दुरुपयोग गरेको अदालतको फैसलामा उल्लेख छ ।

परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने न्यायाधीशहरुले तर्क गरेका छन् । उनीहरुले ट्रम्ले राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्न कोषको दुरुपयोग भएको बताएका हुन् ।

तर ट्रम्ले अदालतको उक्त आदेश राजनीतिक रुपले प्रेरित भएर आफूविरुद्ध निर्णय भएको प्रतिक्रिया दिनुभएको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)