यी विषयमा भए ट्रम्प र किमबीच चार बुँदें सम्झौता - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यी विषयमा भए ट्रम्प र किमबीच चार बुँदें सम्झौता



अमेरिकी राष्ट्रपति ट्रम्प र किम जोङ उनबीच शिखर बार्ता सम्पन्न भएको छ । वार्तामा दुई नेताबीच चार बुँदें सम्झौता भएको छ ।

यी हुन सम्झौताका बुँदा:

१. शान्ति र समृद्धिका लागि सम्झौताको पहिलो बुँदा दुई देशबीच नयाँ सिराबाट दुवै देशका जनताको चाहना अनुरूप सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

२. कोरियाली प्रायद्वीमा शान्ति स्थापनाका लागि आवश्यक पहल गर्ने र नयाँ ढंगले अगाडि बढाउने। पुराना प्रतिबद्धताहरूलाई पूरा गर्ने।

३. गत अप्रिलमा अन्तरकोरियाली शिखर सम्मेलनका बेला भएको आणविक निःशस्त्रीकरणलाई कार्यान्वयन गर्ने। पानमुन्जोम घोषणापत्रमा उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीच भएको सम्झौतालाई कार्यान्वयन गर्ने।

४. कोरियाली युद्धका क्रममा बन्दी बनाइएका युद्धवन्दीहरुलाई स्वदेश फिर्ती तथा परिपुरणको समहति समेत भएको छ।