त्रिशूली नदीमा ट्रक खस्यो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

त्रिशूली नदीमा ट्रक खस्यो



चितवन । नारायणगढ–मुग्लिन सडकमा गुडिरहेको ट्रक त्रिशूली नदीमा खसेको छ । रेडबुल लिएर बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थित जलबिरेबाट नदीमा खसेको हो ।

ट्रक अनियन्त्रित भइ नदीमा खसेको प्रहरीले जनाएको छ । ट्रक चालक ।सर्लाही चकरघट्टा गाउँपालिका वडानम्बर ५ नवलपुर बस्ने ३२ वर्षीय मुकेश चौधरी हाम फालेर बच्न सफल भएका छन् ।