मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा कैलालीमा दुई जनाको मृत्यु - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा कैलालीमा दुई जनाको मृत्यु



कैलाली । कैलालीमा मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सोमबार गोदावरी नगरपालिका- ९ बल्मीमा मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका- ४ का ५० वर्षिय तेज बहादुर रावल र डडेल्धुरा नवदुर्गा गाँउपालिकाका बीर बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको से ३ प ९४२९ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जादै गरेको भे १ ख १४१४ नम्बरको मिनी ट्रक बल्मीमा आपसमा ठोकिदा घाईते भएका मोटरसाईकलमा सवार दुबै जनाको सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

मिनि ट्रक चालक बाँकै बैजनाथ गाँउपालिका- १ का २९ वर्षीय मान बहादुर ओलीले रहेको प्रहरीले जनाएको छ ।
मिनी ट्रक र चालक ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।फाईल तस्विर