ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु



चितवन। पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ।

ट्रकले ठक्कर दिँदा माइक्रोबसमा रहेका चार यात्रुको च्‍यापिएर मृत्‍यु भएको प्रत्‍यक्षदर्शी पत्रकार डोलराज पोख्रेलले बताए।

उनले भने, ‘म आफ्नो गाडीमा काठमाडौं आउँदै गरेको थिए। बाटोमा ट्रकले पोखराबाट आउँदै गरेको माइक्रोलाई ठक्कर दियो। चार जना यात्रुको मृत्‍यु भयो। घाइतेलाई अस्पताल पुर्‍याउने व्‍यवस्था मिलायौ।’

उनका अनुसार घाइते यात्रुहरु केहीलाई मुग्लिन अस्पतालमा उपचारका लागि पठाइएको छ भने कोहीलाई काठमाडौ पठाइएको छ।