ट्रक दुर्घटना १ जनाको मृत्यु ,४ जना घाइते - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

ट्रक दुर्घटना १ जनाको मृत्यु ,४ जना घाइते



मलेखु– कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबेँसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा३ख ६१४३ नम्बरको ट्रक सडकबाट खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको हो। अन्य ४ जना घाइतेमध्ये २ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र २ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। रासस