त्रिशुली अपडेट- मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

त्रिशुली अपडेट- मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो



काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो ।

गजुरी प्रहरीका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ५ पुगेको छ । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको उनले बताए ।

अन्य विवरण आउन बाँकी छ

फाइल तस्बिर