मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खस्यो - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खस्यो



काठमाडौं- शनिबार बिहानै मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको बताइएको छ।

अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भाग मात्रै देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटना स्थल पुगेको छ । ट्रकमा कति जना सवार थिए र उनीहरुको अवस्था कस्तो थियो भन्ने जानकारी नआएको प्रहरीले जनाएको छ ।

ट्रक नदीमा डुबेकोले नम्बर खुलेको छैन । थप विवरण आउन बाँकी छ ।