त्रिशुली नदीमा बस खस्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

त्रिशुली नदीमा बस खस्यो



११ कात्तिक, धादिङ ।

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा खसेर डुबेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । बस नम्बर नखुलेको र कति यात्रु थिए भनेर एकीन पनि गर्न नसकिएको गजुरी प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलबाट १५ जना भन्दा बढी घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पतालमा राखिएको छ ।

दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालित छन् ।