त्रिशुली बस दुर्घटना:यी हुन् बसमा सवार गरेका ४५ यात्रु (नाम सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

त्रिशुली बस दुर्घटना:यी हुन् बसमा सवार गरेका ४५ यात्रु (नाम सहित)



सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ। १६ को जीवित उद्धार गरिएको छ। मृतक तीनै जनाको पहिचान खुलेको छ। उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ।

ना ६ ख ७४६९ सृष्टि डिलक्स आज बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ। बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह ९वकिल०, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा रहेका छन्।

बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती बसमा सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उद्धार गरिएका १६ को पहिचान भएको छ। पहिचान हुनेमा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन्। मलङ्गवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीको आफन्तहरुको भीड लागेको छ।