नयाँ पार्टी (जप्रपा) घोषणा गर्दै हृदयेश त्रिपाठी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नयाँ पार्टी (जप्रपा) घोषणा गर्दै हृदयेश त्रिपाठी



काठमाडौं- लामो समयदेखि तयारी गरिरहेका पूर्व मन्त्री एवं सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । त्रिपाठी स्वन्त्र अभियानमा जोडिएका थिए ।

पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका सांसद त्रिपाठीले २८ मंसीरमा नयाँ पार्टी घोषणा गर्न लागेको बताइएको छ । नयाँ पार्टीको नाममा ‘जनता प्रगतिशील पार्टी (जप्रपा), नेपाल’ रहने भएको छ।

पार्टीको नाम, झण्डा, लोगो र दस्तावेज तयार भएको त्रिपाठीले बताएका छन् । उनी २०७४ सालको प्रतिनिधि सभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएका थिए। उनी नेकपा (एमाले)सँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए।

त्यसयता स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहँदै आएका उनले अब भने नयाँ पार्टी बनाउन लागेका हुन्। यसअघि आफ्नो समूहमा रहेका नेता तथा कार्यकर्ता नयाँ पार्टीमा आउने उनको विश्वास छ।