भारतमा यात्रुबाहक रेल दुर्घटना - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

भारतमा यात्रुबाहक रेल दुर्घटना



नयाँ दिल्ली। भारतको मध्यप्रदेश राज्यको कटनी भन्ने स्थानमा यात्रुबाहक रेल दुर्घटना भएको छ।

शनिवार राति १० बजे रेलगाडीको चारवटा डब्बाहरू पटरीबाट उत्रिएपछि भएको घट्नामा २ सय जना यात्रु गम्भीर रूपले घाइते भएको समाचार भारतीय समाचारपत्रहरूले जनाएका छन्।

उक्त दुर्घटनापछि उक्त मार्गमा १८ घण्टा जति रेल आवागमन रोकिएको थियो। पटरीबाट उत्रिएका ४ डब्बामध्ये दुईवटा नराम्ररी पल्टिएपछि घाइतेहरूको सङ्ख्या बढेको मिडियाले जनाएको छ।

घाइतेहरूको नजिकका अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।

उक्त रेलगाडी कटनीबाट मध्यप्रदेशकै चोपन भन्ने ठाउँमा गइराखेको बताइएको छ ।