दुई रेल ठोक्किँदा ५४ यात्रु घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

दुई रेल ठोक्किँदा ५४ यात्रु घाइते



भियना- अस्ट्रियाको साल्जवर्ग सहरमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ५४ जना घाइते भएका छन्। घाइते सबै यात्रुको साल्जस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

परस्पर विपरीत दिशाबाट आएका दुवै रात्रिकालीन रेल जुध्दा सो दुर्घटना भएको हो।

दुर्घटनाको समय प्राय: यात्रुहरू निद्रामा रहेका भए पनि रेलको गति तीव्र नभएका कारण ठूलो मानवीय क्षति नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।