पशुपति नमूना मा वि मा जेसीजको ट्राफिक सचेतना कार्यक्रम - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

पशुपति नमूना मा वि मा जेसीजको ट्राफिक सचेतना कार्यक्रम



भदौ २२, बुटवल-

जेसीज सप्ताहको चौथो दिन हिजो बिहिबार जेसीआई भलवारी रूपन्देहीले पशुपति नमूना मा वि कोटीहवाका प्लस टु तर्फका विद्यार्थीका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब निरीक्षक दामोदर मल्लले श्रव्यदृश्य प्रस्तुति सहित ट्राफिक नियम पालना गर्दाका बहुपक्षीय उपयोग र नियम मिच्दा वा नियम नजान्दा हुने नोक्सानीबारे विद्यार्थीलाई जानकारी  दिएका थिए ।

जेसीआई भलवारीका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षता तथा पूर्व अध्यक्ष रमेशकुमार पराजुलीको प्रमुख आतिथ्य एवम् मंगलापुर ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विष्णु कार्की, विद्यालयका सदस्य दिपक गैरे लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

जेसीआई भलवारीका कोषाध्यक्ष प्रकाश गैरेको सञ्चालनमा भएको  कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराई, जेसीआई भलवारीका पूर्व अध्यक्ष शिवप्रसाद गैरे लगायतले बोल्दै सवारी चाप बढिरहेको रूपन्देही जिल्लामा ट्राफिक सचेतना अत्यावश्यक भएकोमा जोड दिएका थिए।

जेसीज सप्ताहको पाँचौ दिन भोलि आज शुक्रबार  दिउँसो २ः३० बजेदेखि राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि लागू पदार्थ दुव्र्यसन बारे सचेतनामूलक प्रशिक्षण दिने जेसीआई भलवारीका तालिम संयोजक अमृत गुरुङ्ले जानकारी दिए ।