सन्देश मुलक ट्राफिक सामाग्री हस्तान्तरण
मसुरिया,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ ले जनचेतनामूलक ट्राफिक सामग्री हस्तान्तरण गरेको छ । वडाको ३० हजार रुपैयाँको सहयोगमा ट्राफिक जनचेतना मुलक तथा ट्राफिक डमी, बोड र कोण (सडक) डिभाईडर हस्तान्तरण गरिएको हो ।
सोमबार एक कार्यक्रममा वडा अध्यक्ष तुलाराम सापकोटाले सुदुर पश्चिम ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख ट्राफिक प्रहरी निरिक्षक मोहन बहादुर साउदलाई हस्तान्तरण गरेका थिए ।
वडा नं ८ को मुख्य बजार वढैपुर बजारमा बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सन्देश मुलक सामग्रीले सडक दुर्घटनामा कमि आउने विश्वास लिएको अस्थाई ट्राफिक पोस्ट मसुरियाका प्रमुख असई चक्र मल्लले जानकारी दिए ।