अब ट्राफिक नियम तोडे सिधै ५ हजार जरिवाना - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अब ट्राफिक नियम तोडे सिधै ५ हजार जरिवाना



काठमाडौं- सवारी धनीले अहिले प्रहरीले लिने जरिवाना बढी भएको आवाज उठिरहेका बेला यातायात व्यवस्था विभागले भने सिधै ५ हजार रुपैंया लिने प्रस्ताव गरेको छ।

विभागले ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको हो।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा यो कुरा उल्लेख गरिएको विभागले जनाएको छ ।

ऐनको मस्यौदामै ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गरिएको बताइएको छ ।

विभागका अनुसार अहिले जरिवाना थोरै छ त्यही भएर लापरबाही बढीरहेको र जरिवाना बढाउनुपर्ने जरुरी भएको छ।

विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ।

विभागले प्रदेश सरकारसँग छलफलपछि ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने छ ।

मन्त्रालयले सम्बन्धित मन्त्रालय र स्टेक होल्डरहरूसँग राय तथा सुझाव लिएपछि मात्र यसको मस्यौदा संसदमा जानेछ ।

५ सय देखि १५ सय सम्मको जरिवानाको ब्यबस्था अहिले छ ।

यो ऐन लागू भए लेनक्रस, ओभर स्पिड, जिकज्याक लगायतका सामान्य कसुरमा ५ हजार जरिवाना लगाउन पाउने छ।