ट्राफिक जरिवाना बढ्दै - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ट्राफिक जरिवाना बढ्दै



ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बिहिबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन निर्देशन दिए ।

हाल ट्राफिक नियम उलङ्घन गर्दा पाँच सय देखि एक हजार रुपैयाँसम्म मात्रै जरिवाना रहेकोमा यसलाई बढाएर तीन हजार देखि पाँच हजार रुपैयाँसम्म पुर्‍याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ ।

ट्राफिक नियमलाई कडाई गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहर सहित ट्राफिक जरिवाना बढाउन लागिएको हो ।