डा. तोसिमा कार्की भन्छिन्- निर्वाचन आयोगका काम शंकास्पद छन् - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

डा. तोसिमा कार्की भन्छिन्- निर्वाचन आयोगका काम शंकास्पद छन्



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्ने निर्णयप्रति शंकास्पद भएको बताएकी छन्।

आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी डा कार्कीले भनिन्, ‘आयोगले कतै बाहिरी शक्तिको प्रभावमा परि मेरो उम्मेदवारी त खारेज गरेको होइन भन्ने लाग्छ, मेरो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद छ।’

कार्कीको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पदमा बाहल रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

यसविरुद्ध रिट दर्ता गर्न सोमबार उनी सर्वोच्च अदालत पुगेकी छन्। उनको पक्षमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले मुद्दा लड्दै छन्।