एमाले उम्मेदवार पछि पार्दै डा. तोसिमा लम्कीइन् - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एमाले उम्मेदवार पछि पार्दै डा. तोसिमा लम्कीइन्



ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। सो पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले २१ सय ८२ मत प्राप्त गरेकी छिन्।

यहाँ नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएको थियो। ५ हजार ८ सय ९६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवारले १८ सय ८५ मत प्राप्त गरेका छन्।

यहाँ एमालेका तर्फबाट अमृत खड्का उम्मेदवार छन्।

त्यस्तै सत्ता गठबन्धनले ११ सय ९९ मत प्राप्त गरेको छ। सत्ता गठबन्धनको तर्फबाट यहाँ नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल उम्मेदवार छिन्।