मनोनयन दर्ता गर्दा किन खुसी छैनन् टोपबहादुर ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मनोनयन दर्ता गर्दा किन खुसी छैनन् टोपबहादुर ?



अर्घाखाँची- उम्मेदवारी मनोनयनको दिन नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीको अनुहारमा चमक छैन । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनी सदा जस्तो खुसी देखिएनन् ।

आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका उनले फोटो खिच्ने क्रममा पनि तनावमै देखिएका छन् ।

२०६४ सालदेखि निरन्तर तीन पटक निर्वाचित हुँदै आएका रायमाझी यसपटक भने फरक पार्टीबाट निर्वाचन लड्दैछन् । नेकपा विभाजनपछि माओवादी छोडेर एमालेमै बसेका उनले पछिल्लो समय मनस्थिति परिवर्तन गरेको चर्चा हुँदै आएको छ ।

दुई साता अघि मात्रै पनि रायमाझीले माओवादी अध्यक्ष प्रचण्डका सहयोगीलाई भेटेर आफू फर्किन चाहेको बताएका थिए ।

पहिलो र दोस्रो संविधानसभामा माओवादीकै बलमा चुनाव जितेका उनले २०७४ को वाम–गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव जितेका थिए ।

पटक पटक मन्त्रीसहित उपप्रधानमन्त्रीसम्म भएका रायमाझी केपीशर्मा ओलीका अत्यन्तै निकट मानिन्छन् । रायमाझी चौथो पटक चुनाव लड्दै गरेका रायमाझी सधै जसो प्रफुल्लित मुद्रामा हुने नेता हुन् । तर यसपटक भने उनको अनुहारमा न प्रफुल्लता छ न त चमक नै ।

उसो त रायमाझीले एमालेबाट अतिकट पाउँदा एमालेका पुराना नेताहरू रुष्ट बनेको चर्चा छ । एमाले भित्रैबाट अन्तर्घात हुने संकेत देखेपछि उनले मनस्थिति परिवर्तन गरेर गठबन्धनसँग बार्गेनिङ गरेको नेताहरू बताउने गरेका छन् ।

०७४ को जस्तो यसपटक माओवादी र राष्ट्रिय जनमोर्चा उनको साथमा छैन । तर, ०७९ को स्थानीय तह निर्वाचनमा धेरै पालिका जितेपछि रायमाझी उत्साहित थिए । पछिल्लो जिल्ला बसाईबाट उनी केहि हतोत्साहित भएको बताइन्छ ।

गठबन्धनले कांग्रेसको तर्फबाट उपसभामुख पुष्पा भुसाल गौतमलाई उम्मेदवार बनाएको छ । यसैबीच एमालेबाट प्रदेशसभा (क) मा केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (ख) मा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजीप्रसाद घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।