टोपबहादुर रायमाझी र उनका छोरा फरार - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

टोपबहादुर रायमाझी र उनका छोरा फरार



भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि संलग्नता पुष्टि भएको छ।

त्यससँगै जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ पुर्जी जारी गरी प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । प्रहरीले उनीहरुको खोजी गरेपछि रायमाझीका बाउछोरा भने फरार भइसकेका छन् ।

पक्राउ परेका प्रतिवादीमाथिको अनुसन्धानमा रायमाझी र उनका छोरा सन्दीपको संलग्नताको प्रमाण भेटिएपछि दुवैविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

बुधबार मात्र सो मुद्दामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । गृहसचिव हुँदा उनले ठगी गिरोहलाई सघाएका थिए।

त्यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राई मंगलबार पक्राउ परिसकेका छन्। नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब एक अर्ब ठगी भएको थियो।

जसमा गृह मन्त्रालयका अधिकारी र केही नेताले नै सघाएको यो घटनामा प्रहरीले ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ।