मानव तस्करीमा संलग्न बादल र टोपबहादुरलाई कारबाही गर्न दवाव - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

मानव तस्करीमा संलग्न बादल र टोपबहादुरलाई कारबाही गर्न दवाव



काठमाडौं । नेकपा एकीकृत समाजवादी, काठमाडौं जिल्ला कमिटीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै करोडौं ठगी कार्यमा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव टोपबहादुर रायमाझीको परिवार संलग्न भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीले शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेबाट राज्यको उच्च तहमा रहिसकेका केन्द्रीय पदाधिकारीको परिवार नै मानव तस्करीमा संलग्न भएर करोडौ रकम उठाउनु गम्भीर विषय रहेको भन्दै पार्टीको ध्यानाकर्षण् भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘एमालेबाट राज्यको उच्च तहमा रहिसकेका केन्द्रीय पदाधिकारीको परिवार नै मानव तस्करीमा संलग्न भएर करोडौ रकम उठाउनु आफैंमा गम्भीर र संवेदनशील विषय हो । मानव तस्करीमार्फत ठगीमा परेका युवाहरुलाई कानुन बमोजिम सबै तहको गर्नुका साथै अपराधमा जोडिएका नेकपा एमालेमा सचिव तथा सांसद टोपबहादुर रायमाझीका छोरो सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापा, सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलगायत सो कार्यमा संलग्न सबैलाई अविलम्ब फक्राउ गरी सत्यतथ्य छानविन गरी कडा भन्दा कडा कारबाही गर्न नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी सरकारसँग जोडदार माग गर्दछ ।’