प्याजपछि टमाटर अत्यधिक महङ्गो - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्याजपछि टमाटर अत्यधिक महङ्गो



काठमाडौं : कालिमाटी तरकारी थोक बजारमा आज ठूलो गोलभेँडा र भिण्डीको भाउ बढेको छ।

सोमबारको तुलनामा आज मंगलबार भिण्डी २० रुपैयाँले बढेको छ।

यस्तै, ठूलो गोलभेँडा १० रुपैयाँले बढेर प्रतिकिलो ८५ देखि ९० रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

सानो गोलभेँडा ३५ देखि ४०, रातो आलु ४८ देखि ५०, भारतीय सुकेको प्याज १२५ देखि १३० र चाइनिज सुकेको प्याज ९५ देखि १०० रुपैयाँ प्रतिकिलो कायम भएको समितिले जानकारी दिएको छ।

यस्तै, गाजर ६० देखि ६५, बन्दा ४५ देखि ५०, स्थानीय काउली ६५ देखि ७० र भण्टा ७५ देखि ८० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।