बिहानै मौसम बदली, दिनभर वर्षा हुने, यस्तो छ अवस्था

काठमाडौँ – देशभरिको मौसम हाल आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिम र पूर्वको तराईका थौरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिनभरजसो देशभरि नै सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले जनाएका छन् । धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मध्य र पूर्वका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
राति पनि देशभरिकै मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । देशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

