टिप्परको ठक्करबाट बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्यालको निधन - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

टिप्परको ठक्करबाट बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्यालको निधन



बुटवल । बुटवलमा सोमबार  साँझ  टिप्परको ठक्करबाट  उपप्राध्यापक डोलराज अर्यालको निधन भएको छ ।

बुटवल बहुमुखी क्याम्पस र शिद्धार्थ गौतम बुद्ध क्याम्पसका उप प्राध्यापक अर्याल सवार मोटर साईकललाई साझ ७ बजेतिर बुटवलको औद्योगिक क्षेत्र नजिकै लु २ ख २२३२ नम्वरको टिप्परले ठक्कर दिदा अर्यालको निधन भएको हो ।

टिप्परको ठक्कर बाट गम्भिर घाईते अर्याललाई उपचारका लागि लुम्विनी प्रादेशीक अस्पताल बुटवल लैजादै गर्दा बाटो मै निधन भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

देवदहनगर पालिकाका वडा नं ४ का स्थायी बासिन्दा ५० बर्षिय अर्याल साझ बुटवलबाट घर तर्फ जादै गर्दा टिप्परले ठक्कर दिएको थियो ।

दुर्घटनामा सम्लग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।