टिप्परको ठक्करबाट ६ वर्षिय बालक गम्भीर घाइते
विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीमा टिप्परको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका- १ सुखडमा बिहीबार बिहान १०:३५ बजे टिप्परको ठक्कर बाट जगत बस्नेतका ६ बर्षिय छोरा सुबम बस्नेत गम्भीर घाइते भएका हुन् ।
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ क ३२८ नम्बरको टिप्परले बालक बस्नेत लाई बाटो काट्ने क्रममा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
घाइते बालकको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । टिप्पर चालक कञ्चनपुरको बेदकोट नगरपालिका -३ दैजीका ४३ बर्षिय हिरा सिंह धानुक रहेको प्रहरीले जनाएको छ । चालक धानुक र ठक्कर दिने टिप्पर ईलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेको छ ।