सिनामंगलमा डरलाग्दो दुर्घटना - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

सिनामंगलमा डरलाग्दो दुर्घटना



काठमाडौं : राजधानीको सिनामंगलमा आइतबार सांझ डरलाग्दो दुर्घटना भएको छ ।

गौशाला तर्फ जाँदै गरेको टिप्परले ३ वटा बाइकमा एकैपटक ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेलाई नजिकैको के एम सी अस्पतालमा लागिएको छ ।

घटनापछि टिप्पर चालक फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचार भैरहेको छ । टिपरले हान्दा एकजना भने सडकबाट उछिट्टिएर बारको बाहिर पुगेको र भर्खरै उद्धार गरिएको छ । उनको अवस्था गम्भीर छ । फाइल तस्बिर