तिनाउ पुलको तत्काल मर्मत गर्न कांग्रेस बुटवलले सडक डिभिजनमा धर्ना सहित ज्ञापन पत्र बुझायो - Himal Post Himal Post
  • १० आश्विन २०८०, बुधबार
  •      Wed Sep 27 2023
Logo

तिनाउ पुलको तत्काल मर्मत गर्न कांग्रेस बुटवलले सडक डिभिजनमा धर्ना सहित ज्ञापन पत्र बुझायो



तिनाउ पुलको तत्काल मर्मतको काम गर्दै नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले सडक डिभिजन कार्यालय बुटवलमा धर्ना तथा ज्ञापन पत्र बुझाएको छ । केहि दिन देखि पुलको संरचना निकै कमजोर बन्दै गएको भन्दै जनआक्रोश बढिरहेको वेला नेपाली कांग्रेसले बुटवलवासीको समेत ध्यानाकर्षण भएको जनाएको छ ।
tinau-pul

कांग्रेस बुटवल उपमहानगर समितीका सभापती खेलराज पाण्डे, सचिव ज्योती भण्डारी लगायतको नेतृत्वामा यातायात कार्यालय पुगेको टोलीले केहि वेर कार्यालयमा धर्ना दिएको थियो । आजभोलीबाटै पुल मर्मतको काम अघि नबढेमा कडा आन्दोलनका कार्यक्रम ल्याउने भन्दै डिभिजन कार्यालयका निमित्त प्रमुख ईन्जिनियर खुम भण्डारीललाई ज्ञापन पत्र बुझाइएको हो ।

उक्त ज्ञापन पत्रमा बुटवल पश्चिम जोड्ने एक मात्र पुलको संवेदशिलताप्रति जिम्मेबार निकायले गंभिरता नदेखाएको भन्दै तत्काल मर्मतको काम गर्न माग गरिएको छ । जिम्मेबार निकाय एकले अर्कोलाई देखाएर पन्छिने काम भएको भन्दै जनताले अनुभुति हुने गरि पुलको मर्मत तत्काल थाल्न भनिएको छ । पुल मर्मतका लागि देनिकजसो यस क्षेत्रका राजनितिक दल संघ संस्थाहरुले ज्ञापन पत्र बुझाउदै आएका छन् ।

source nagarikawaaj