तीन रोगका बिरामीलाई भत्ता वितरण थालियो , के - के हुन ती रोग ? हेर्नुहोस ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तीन रोगका बिरामीलाई भत्ता वितरण थालियो , के – के हुन ती रोग ? हेर्नुहोस !



काठमाडौं । ‘हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,’ मिर्गौला रोगी अमृता भण्डारीले भन्नुभयो ।

वीर अस्पतालमा विहिबार जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार बुझेपछि उहाँले सो कुरा भन्नुभएको हो । मिर्गौला, अर्बुद र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस १३ गते बसेको बैठकले गरेको आजको हिमालय टाइम्समा खबर छ ।

सोहि निर्णय बमोजिम वीर अस्पतालमा विहिबार उक्त भत्ता वितरण गरिएको हो । यो भत्ता रकम वितरण गर्ने वीर अस्पताल पहिलो अस्पताल हो ।