कांग्रेस र एमाले र स्वतन्त्र पार्टीको बराबरी - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

कांग्रेस र एमाले र स्वतन्त्र पार्टीको बराबरी



काठमाडौं- काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये काठमाडौंका केही क्षेत्र र काठमाडौं बाहिरका केही क्षेत्रमा गणना भइरहेको छ।

काठमाडौं ७, ललितपुर १, २ र ३ तथा भक्तपुरका १ र २ नम्बर क्षेत्रमा मतगणना जारी छ। रौतहटमा अहिले १० बजेपछि चारवटै क्षेत्रमा मतगणनाको तयारी भएको छ। बाँकेमा पनि मतगणनाको तयारी भइरहेको छ।

हिमाली क्षेत्रमा भने मतपेटिका संकलन भइरहेको छ। मनाङको नार्पाभूमिबाट सेनाको हेलिकोप्टरमार्फत मतपेटिका चामे ल्याइएको छ।

मुस्ताङमा भने गणना भइरहेको छ। त्यहाँ नेपाली कांग्रेसका योगेश गौचनलाई सुरुवाती अग्रता मिलेको छ।

गणना भइरहेका क्षेत्रमध्ये २ क्षेत्रमा कांग्रेस, २ मा एमाले र २ वटामा स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता छ।

प्रत्यक्षतर्फको परिणाम ८ दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले बताएको छ।