“तिमीलाई त जहाजमा उडेपनि पुग्छ” सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

“तिमीलाई त जहाजमा उडेपनि पुग्छ” सार्वजनिक ( भिडियो सहित)



हिमाल पोस्ट  /जेठ २३ 

वरिष्ठ सङ्गीतकार एवं गायक बीबी अनुरागीको आधुनिक गीत ‘‘तिमीलाई त जहाजमा उडेपनि पुग्छ’ ’ भिडियोमा आएको छ । यस गीतको भिडियो हालैमात्र युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

केही महिनाअघि अडियो भर्सन सार्वजनिक यस गीत धेरै श्रोताहरुले मन पराएपछि भिडियोमा समेत ल्याइएको हो । बीबी अनुरागीको स्वर तथा सङ्गीतमा सजिएको यस गीतको रचना सुमन श्रापितले गरेका हुन् । गीतको भिडियोमा मिलन थापाको कोरियोग्राफीमा सनम कठायत र साधनाले दमदार अभिनय गरेका छन्। “मेरी प्यारी” एल्बममा रहेको यस गीतको उत्पादक तथा वितरक ओपल अडियो भिडियो रहेको छ ।

गीतको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने छायाङ्कन तथा निर्देशन रबिन्द्र बरालले गरेका छन् । वरिष्ठ सङ्गीतकार साथमा चर्चित सङ्गीत सम्योजकको रूपमा एक हस्ति साबित भैसकेका अनुरागी गायनमा पनि अब्बल छन् भन्ने प्रमाण पेस गर्नुपर्दा थुप्रै गीति प्रस्तुतिको नाम लिइदै आएकोमा अब थप अर्को प्रमाण जुटेको छ।